स्वास्थ्य

काेराेना खाेप अभियानकाे तेस्राे दिन, ४६ हजार १९७ ले लगाए खाेप

काठमाडाैँ । काेराेना खाेप लगाउन थालिएकाे तेस्राे दिन नेपालमा ४६ हजार भन्दा बढीले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार १६९ खोप बुथबाट ७७ जिल्लामा कुल जम्मा ४६ हजार १९७ जना व्यक्तिहरुले खोप लगाएको जानकारी गराएको छ ।

शुक्रबार प्रदेश नं १ मा ७ हजार ३६९, प्रदेश नं २ मा ४ हजार ६५०, बागमती प्रदेशमा १५ हजार ६४१, गण्डकी प्रदेशमा ७ हजार १५३, लुम्बीनी प्रदेशमा ४ हजार ६३५, कर्णाली प्रदेशमा २ हजार ९६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७८३ जनाले खोप लगाएका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत