फोटो

दाहाल-नेपाल समूहकाे बिराेधसभा विराटनगरमा यस्ताे देखियाे (पाँच तस्बिर)

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले विराटनगरमा प्रतिनिधिसभा विघटनको विरोधमा गरेकाे छ । 

शुक्रबार सभालालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीले अत्याचार गर्न थालेको आरोप लगाएका हुन् । जसका कारणले मुलुक गम्भीर संवैधानिक संकटमा परेको बताएका छन् । उनले ओली खुरापाती भएको र कम्युनिस्ट पार्टीमा पसेर प्रतिक्रान्तिको चंगुलमा बसेको आरोप उनले लगाए ।

दाहालले प्रधानमन्त्री ओलीले जहिल्यै आफ्ना छोराछोरीलाई मात्रै हेऱ्यो भनेर अपमानित गरेको पनि बताए । आफूले छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराएर कुनै गल्ती नगरेको पनि बताए । ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराएर के मैले गल्ती गरेको हो ?' दाहालले भने ।

थप तस्बिर

 

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत