अर्थतन्त्र

निफ्राको आईपिओ नतिजा सार्वजनिकमा यस कारण भयो ढिलाइ

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर बाँडफाँडको नतिजा सार्वजनिक हुन अझै केही समय लाग्ने भएको छ । लगानीकर्ताहरु भने शेयर बाँडफाँडको नतिजा हेर्न सबै विकल्पहरुमा व्यस्त भएका छन् । जसका कारण केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को मेरो शेयर अहिले डाउन भएको छ । लगानीकर्ताको अधिक ट्राफिक धान्न नसक्दा मेरो शेयर डाउन भएको छ । यद्यपी अहिलेसम्म बैंकको शेयर बाँडफाँडको नतिजा कतै पनि सार्वजनिक भएको छैन ।

निफ्राको आईपिओ गोलाप्रथामा सहभागि गराइएका सबै आवेदकले शेयर पाएका छन् । ५० कित्ता वा सोभन्दा तलको संख्यामा शेयर माग गर्नेलाई मागे जति र ५० कित्ताभन्दा धेरै शेयर माग गर्नेहरु मध्येबाट केहीलाई गोलाप्रथाबाट थप १० कित्ता शेयर बाँडिएको क्यापिटलले जनाएको छ ।

निष्काशन बन्द हुने समयसम्ममा १५ लाखभन्दा बढी आवेदन परेको भए पनि बैंक भेरिफिकेशन पश्चात कुल १४ लाख ८१ हजार २८४ आवेदकको तथ्यांक मात्र आएको एनआईबिएल एस क्यापिटलले जनाएको छ । जसमा ६ हजार २७६ आवेदन रद्ध भई १४ लाख ७५ हजार ८ आवेदकलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।

उल्लेखित तथ्यांकका आधारमा १४ लाख ७५ हजार ८ आवेदकले नै शेयर पाएका छन् । ६० कित्ता शेयर पाउने ४ लाख ९२ हजार ७२ आवेदक समेतको तथ्यांक प्रशोधनको काम भईरहेको छ । सबै आवेदकको विबरण तयार गर्ने काम तिब्र गतिमा भइरहेको एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार विगतमा थोरै आवेदकको तथ्यांक प्रशोधन गर्न कम समय लागेकाले शेयर बाँडफाँड भएको केही समयमा नतिजा सार्वजनिक हुने गरेको थियो । तर अहिले १४ लाख ७५ हजार ८ जनाको नै तथ्यांक प्रशोधन गर्नु पर्ने भएकाले नतिजा सार्वजनिक गर्न केही समय लागेको हो । 

अबको केही समयमा  नतिजा सार्वजनिक गर्ने क्यापिटलले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत