समाज

स्रोत नखुलेको नगद र चेकसहित ५ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । स्रोत नखुलेको नगद र चेक सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो प्रहरीले काठमाडौँ २२ न्यूरोडबाट ३८ लाख ७ हजार रूपयाँ नगद र २२ लाख ८ हजार १ सय ५० रूपैयाँ लेखिएका २४ थान चेक सहित ५ जनालाई पक्राउ गरेको जनाएको छ । 

पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड १ का २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा ११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र सिन्धुपाल्चोक हेलम्बु ७ बस्ने २७ वर्षीय भीमसेन बहादुर तमाङ रहेका छन् ।

शंकास्पद रुपमा हिँडिरहेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला परेको हो।

उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पत्ति सुद्दिकरण बिभाग पुल्चोक पठाइने प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत