समाज

यात्रुबाहक बस दुर्घटना

काठमाडौँ । मकवानपुरमा यात्रुबाहक बस दुर्घटना भएको छ । मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ख ३३४४ नम्बरको यात्रुबाहक बस धरान चतरा सडकखण्डको छतिवनमा आज बिहान दुर्घटना भएको हो । बस सडकमा राखिएको जालीमा ठोक्किएर दुर्घटना हुँदा  २२ जना यात्रु घाइते भएका छन् । 

यात्रुलाई स्थानीय गाउँले र प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा र चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

उनीहरुको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले जानकारी दिए । 

बसका चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ गरिरहेको प्रहरीले बताएको छ । 
 

गाउँ सहर डेस्क

तपाईँको मत