भिडिओ

‘नबोली जित्छौ तिमी’ भिडियो सार्वजनिक

काठमाडौंँ । ‘नबोली जित्छौ तिमी’ भिडियो सार्वजनिक भएको छ । गायक कुमार दवाडीको स्वर रहेको ‘नबोली जित्छौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा होम न्यौपानेको शब्द र दीपक भट्टराईको संगीत रहेको छ ।

भिडियोमा नरेश भट्टराई र करुणा श्रेष्ठको अभिनय रहेको छ । भिडियोले दरवार बाहिरकी रानीको कथा बोलेको छ । भिडियोमा नरेश र करुणा प्रेमजोडीको रुपमा देख्न सकिन्छ । 

गीतको भिडियोमा सागर प्रधानको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ भने युवराज वाइवाले निर्देशन गरेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत