वातावरण

माैसम : प्रदूषणसँगै स्वास्थ्य समस्या र कृषिमा नोक्सानी पुग्न सक्ने अनुमान, यस्ताे छ शुक्रबारकाे माैसम

काठमाडाैं । माैसम पूर्वानुमान महाशााखाले हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जनाएकाे छ । देशको केही पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ, तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको साथै तराईका भू-भागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

शुक्रबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ ।

पहाडी क्षेत्रमा घाम लागे पनि वायुमण्डलमा प्रदूषण थुप्रिँदा सूर्यका किरण पर्याप्त मात्रामा पृथ्वीमा पर्न पाएको छैन । मौसमविद्ले यसपालि खासै पानी पर्ने सम्भावना नरहेको बताएकाले प्रदूषणसँगै स्वास्थ्य समस्या र कृषिमा नोक्सानी पुग्न सक्ने अनुमान गरिएको छ । यसपालि हिमाली जिल्लामा पनि पर्याप्त हिमपात भएको छैन ।

यसले हिउँबाटै सिँचाइ हुने कृषि र बहुमूल्य जडिबुटीको उत्पादनमा कमी आउने देखिएको छ । पानी पार्ने गरी पश्चिमी वायुको प्रणाली प्रवेश नगर्दा अहिले चिसो हावा मात्रै लाग्ने गरेको छ । यस्तै, आज पनि तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो ३ बजेदेखि भने तराईका जिल्लामा लागेको हुस्सु हट्दै जाने तर राति फेरि लाग्ने मौसमविद्काे अनुमान छ । आज काठमाडाैंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत