स्वास्थ्य

विश्वभर ७ कराेड ३८ लाख मानिसहरू काेराेनाभाइरस मुक्त, सक्रिय संक्रमितमध्ये साढे २ कराेडकाे अबस्था सामान्य

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५९ लाख ६६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ७ करोड ३८ लाख १३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १० करोड १९ लाख ८२ हजार नाघेको छ भने मृतकको संख्या २१ लाख ९८ हजार ६०६ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख १० हजार १९५ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ६३ लाख १९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख ४५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २५ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ६० लाख ४६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९८ लाख २९ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ७ लाख २० हजार ९७१ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५४ हजार ४७ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ३ लाख ९३ हजार १६२ जना निको भएका छन् । सक्रिय केस १ लाख ७३ हजार ७६२ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ९० लाख ६० हजार जना संक्रमितमध्ये ७९ लाख २३ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख २१ हजारभन्दा बढी छन् । हाल ९ लाख १५ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७० हजार ५८८ जना पुगेका छन् भने २ लाख ६५ हजार ३६५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार २० पुगेको छ भने ३ हजार २०३ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत