गाउँ सहर

प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई ७ दिनभित्र उपस्थित हुन सर्वाेच्चकाे आदेश

काठमाडाैं । सर्वोच्च अदालले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

त्यसैगरि प्रतिनिधिसभा विघटनपछि सर्वोच्चमा विचाराधीन रहेको संसद विघटन सम्बन्धी मुद्दालाई प्रभावित पार्न अभिव्यक्ति दिएको भन्दै परेका अवहेलना मुद्दामा सर्वोच्चका चार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाफी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीका नाउँमा पनि कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको बिहीबारको एकल इजलासले प्रधानमन्त्रीसहित चार पूर्व प्रधानन्यायाधीहरूलाई बाटोको म्यादबाहेक ७ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।

छुटाछुट्टै जारी गरिएको सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? माग बमोजिम अवहेलनामा कारबाही हुनु किन नपर्ने हो ? म्याद प्राप्त भएका मितिले बाटाका म्यादबाहेक सात दिनभित्र सबै व्यहोरा खुलाइ आफै लिखित जवाफ पेश गनुएहोला भनी विपक्षीका नाउँमा आदेश गरिएको छ ।’

सर्वोच्चले पूर्वसभामुख दमनथान ढुंगालाई पनि सात दिनभित्र आफैँ लिखित जवाफ पेश गर्न भनेको सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । बुधबार अधिवक्ताहरु लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीशविरुद्ध छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्ध छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत