स्वास्थ्य

खुशीकाे कुरा, पछिल्लाे २४ घण्टामा काेराेना संक्रमितबाट कसैकाे मृत्यु भएन, २१३ जनामा संक्रमण पुष्टि

काठमाडौं । मुलुकभर बिहीबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ७० हजार ५ सय ८८ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २९६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय ३ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०७, भक्तपुरमा ६ र ललितपुरमा १० जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ६० हजार ८ सय ६० परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय १३ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत