विश्व

१९ वर्षकी विश्वकै सुन्दर युवती (फोटोफिचर)

एजेन्सी । १९ वर्षकी मोडल येल शेल्बियाले टिसी क्याण्डलरको वार्षिक सूचीमा १०० सबैभन्दा सुन्दर अनुहारको सूचीमा शीर्ष स्थान हासिल गरेकी छन् । इन्स्टाग्राममा १ मिलियनभन्दा धेरै फलोअर कमाएकी उन आफ्नो जीवनशैलीका कारण पनि चर्चामा रहन्छिन् । तर, शानदार जीवनशैलीका कारण उनले घृणाको सामना जेल्नुपर्दछ ।

येलको जन्म इजरायलको एउटा सानो शहरमा यहुदी परिवारमा भएको थियो । उनले १६ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी थिइन् । एक स्थानीय फोटोग्राफरले उनका इन्स्टाग्राम फोटोहरु देखेपछि उनलाई फोटोशुटमा सहभागी हुन भनेका थिए । त्यसपछि येलको मोडलिङ करिअर अघि बढेको थियो । येलले इजरायलको एयरफोर्समा रहेर सैनिक सेवा पनि गरिसकेकी छन् ।

उनी अहिले ३६ वर्षका अर्बपति ब्रण्डन कोर्फसँग प्रेममा छिन् । ब्रेण्डन अमेरिकाका अर्बपति व्यवसायी सम्नर रेडस्टोनका नाति हुन् । येलले किम कार्दाशियन र काइली जेनरजस्ता सेलिब्रेटीका उत्पादनको लागि मोडलिङ गरेकी छन् । उनले सुपरस्टार फुटबलर लियोनेल मेस्सीसँग पनि काम गरिसकेकी छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत