राजनीति

प्रचण्ड-माधव समूहलाई कन्यादान गरेर पठाउन तयार भएपनि नाम र गोत्र दिन सक्दनाैँ : बस्नेत

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समुहका युवा नेता महेश बस्नेतले प्रचण्डसँग माधवकुमार नेपाल र झलनाथ खनाललाई कन्यादान गरेर पठाउन तयार भएपनि नाम र गोत्र दिन नसकिने बताएका छन् ।

मन्थलीमा आयोजित युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले निर्वाचन आयोगले दुई अध्यक्ष र महासचिव भएको पार्टीलाई नै आधिकारिता दिएकाे दाबी गरे ।

बस्नेतले भने-प्रचण्डसँग माधवकुमार नेपाल र झलनाथ खनाललाई कन्यादान गरेर पठाउन तयार भएपनि नाम र गोत्र दिन सक्दनाैँ, बल्खुको पार्टी कार्यालय हाम्रो हो, सूर्य चिन्हमा कसैले पनि आँखा नलगाउदा हुन्छ ।’

उनले सूर्य चिन्ह प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाका हुने बताउदै प्रचण्डलाई नैतिकता भए नयाँ पार्टी खोल्न चुनाैती दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत