शेयरबजारमा बिहीबार कारोबार रकममा रेकर्ड कायम, नेप्से भने घट्याे
- गाउँ सहर संवाददाता
- १५ माघ बिहीबार, २०७७ | १५:४५:०० मा प्रकाशित
काठमाडाैं । शेयरबजारमा बिहीबार कारोबार रकममा रेकर्ड कायम भएको छ ।
कूल २०९ वटा कम्पनीको २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि सर्वाधिक कारोबार रकम ९ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो ।
कारोबार रकममा रेकर्ड कायम भएपनि शेयर अंकमा भने दोहोरो अंकले घटेको छ ।
यस दिन नेप्से परिसूचक १६.५५ अंकले घटेर २४२५.२९ मा झरेको छ । नेप्से ०.६८ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ४.३२ अंकले घटेर ४४२.०६ मा पुगेको छ ।
आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ५७ करोड ८८ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
सात कम्पनीकाे शेयर मूल्य उच्च दरमा बढेकाे छ भने पाँच कम्पनीकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस