खेल

महिला लिग फुटबलमा विराटनगर विजयी

काठमाडौँ । महिला लिग फुटबलमा विराटनगर महानगरपालिका विजयी भएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बुधबार सम्पन्न खेलमा विराटनरले चन्द्रपुरमाथि ५–० को फराकिलो जित निकाल्दा कुशुमले ह्याट्रिक पूरा गर्दा जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । कुशुमको अलावा अनु राई र सरिता शेर्पाले एक/एक गोल गरेका थिए । कुशुमको ह्याट्रिकसँगै जारी प्रतियोगितामा पाँचौ ह्याट्रिक भएको छ । 

एपीएफकी सावित्रा भण्डारीले दुई ह्याट्रिक गर्दा आर्मीकी विमला चौधरी र चन्द्रपुरकी सविता राना मगरले एक÷एक ह्याट्रिक गरेका हुन् ।

पहिलो हाफमा २ गोल गरेको विराटनगरले दोस्रो हाफमा ३ गोल हात पारेको थियो । पहिलो खेलमा विराटनगर वालिङसँग १–१ गोलको बराबरी र एपीएफसँग ७–० ले पराजित भएको थियो । तेस्रो खेलमा सुखद नतिजा निकालेको विराटनगरको अंक तालिकामा ४ अंक भएको छ ।

उदयपुरको चौदण्डीगढीलाई अघिल्लो खेलमा ७–१ गोल अन्तरले पराजित गरेको चन्द्रपुरले एपिएफसँग ६–० ले पराजित भएको छ । बुधबारको पराजयसँगै चन्द्रपुरको ३ खेलबाट ३ अंक रहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत