नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै, १०० मा ३३ अंक मात्रै प्राप्त
- गाउँ सहर संवाददाता
- १५ माघ बिहीबार, २०७७ | १२:४२:०० मा प्रकाशित
काठमाडौं । नेपालमा भ्रष्टाचार नघट्नुकाे सट्टा झन् बढेकाे ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा भ्रष्टाचार बढेको पाइएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले यसवर्ष १८० देशमा गरेको (भ्रष्टाचार अवधारणा सूचकांक) सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं नम्बरमा परेको हो । अर्थात गतवर्ष भन्दा ४ अंकले नेपालमा भ्रष्टाचार बढेको तथ्यांकले देखाएको छ ।
गत वर्ष यस सूचीमा नेपालको अंक ३४ (११३ औं स्थान) थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज संसारभर एकसाथ भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गरेको छ । सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्ष नेपालले १०० अंकमा ३३ अंकमात्र प्राप्त गरेको छ ।
विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकांकसहितको रिपोर्ट तयार पारिएको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले बिहीबार पत्रकार सम्मेलन गरेर डेनमार्क र न्युजील्याण्ड सवैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको जानकारी दिएको छ । सर्वेक्षणमा कुल सय अंकमा डेनमार्क र न्युजील्याण्डले कुल सयमा ८८ अंक प्राप्त गरेका छन् । नेपालले भने ३३ अंक मात्रै पाएको छ । ट्रान्सपरेन्सीको सर्वेक्षण अनुसार साउथ सुडान र सोमालिया सवैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा परेका छन् । उनीहरुले एक सय मा १२ अंक मात्र प्राप्त गरेका छन् ।
सीपीआई २०२० मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अंक प्राप्त गरी २४ औं स्थानमा, मालदिभ्स ४३ अंक प्राप्त गरी ७५ औं स्थानमा, भारत ४० अंक प्राप्त गरी ८६ औं स्थानमा, श्रीलंका ३८ अंक प्राप्त गरी ९४ औं स्थानमा, पाकिस्तान ३१ अंक प्राप्त गरी १२४ औं स्थानमा, बंगलादेश २६ अंक प्राप्त गरी १४६ औं स्थानमा र अफगानिस्तान १९ अंक प्राप्त गरी १६५ औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४२ अंक प्राप्त गरी ७८ औं स्थानमा छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस