प्रेरणा

‘जो व्यक्ति सुखको पछाडि दौडन्छ, उसलाई ज्ञान प्राप्त हुँदैन, जो ज्ञान लिन चाहन्छ, उसले सुखको त्याग गर्नैपर्छ’

[खराब राजाको कारण राष्ट्रको नाश हुन सक्छ]

काठमाडौँ । विहान असल कुरा पढ्दा विचारमा सकारात्मकता बढ्दछ । सकारात्मक विचारसँग दिनको शुरुवात गर्दा दिनभर काममा सफलता मिल्ने सम्भावना बढी हुन्छ । सकारात्मक विचारले मनलाई शान्त पार्दछ । पढ्नको लागि अनेक शास्त्रहरु छन् तर सबै पढ्न सकिँदैन । जसरी हाँसले पानीबाट दूध अलग गर्दछ, ठिक त्यसरी नै सबै शास्त्रको सार बुझ्नु पर्दछ र जीवनमा उतार्न सक्नु पर्दछ ।

यसै सन्दर्भमा केहि विचारहरुः

कमाएको धनको त्याग गर्दा उसको रक्षा हुन्छ । जसरी कुनै तलाउको पनी बग्दा तलाउ सफा रहन्छ । यदि पानी एक स्थानमा रोकिए त्यो फोहोर हुने गर्दछ ।

जो व्यक्ति सुखको पछाडि दौडन्छ, उसलाई ज्ञान प्राप्त हुँदैन, जो ज्ञान लिन चाहन्छ, उसले सुखको त्याग गर्नैपर्छ ।

मनुष्यकाे जन्म, मोक्ष र महापुरुषको संगत, यी तीन भगवानको कृपामा निर्भर हुन्छन् । जो व्यक्तिलाई भगवानको कृपा रहन्छ, उसलाई यी तीनै कुरा प्राप्त हुन्छ ।

झगडाले परिवार बिग्रन्छ । गलत शब्दको प्रयोगले मित्रता टूट्छ । खराब राजाको कारण राष्ट्रको नाश हुन सक्छ । कुनै एक व्यक्तिको गलत कामको कारण पूरै परिवारले अपमान सहन गर्नुपर्ने हुनसक्छ ।

पढ्नको लागि अनेक शास्त्रहरु छन् र संसारमा असीमित ज्ञान छन् । हामीसँग यतिधेरै समय छैन ताकि सबै पढ्न सकियोस् । जसरी हाँसले पानी र दूध छुट्याउँछ ठिक त्यसरी नै सबै शास्त्रको शार बुझ्नु आवश्यक छ ।

गाउँ सहर डेस्क

तपाईँको मत