स्वास्थ्य

विश्वभर हालसम्म कोरोना संक्रमितमध्ये १० कराेड १४ लाख निकाे, २१ लाख ८४ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५९ लाख २५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ७ करोड ३३ लाख २० हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १० करोड १४ लाख ३३ हजार नाघेको छ भने मृतकको संख्या २१ लाख ८४ हजार १२६ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख १० हजार १७९ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ६१ लाख ६६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख ३९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २५ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ५९ लाख ४२ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९७ लाख ८३ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ७ लाख २ हजार ३१ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५३ हजार ८८५ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ३ लाख ७२ हजार ८१८ जना निको भएका छन् । सक्रिय केस १ लाख ७५ हजार ३२८ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ९० लाख जना संक्रमितमध्ये ७७ लाख ९८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख २० हजारभन्दा बढी छन् । हाल ९ लाख ८१ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७० हजार ३७५ जना पुगेका छन् भने २ लाख ६५ हजार ६९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार २० पुगेको छ भने ३ हजार २८६ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत