स्वास्थ्य

कोरोनाको खोप पहिलो दिन ९ हजार ८४ जनाले लगाए

काठमाडौँ । नेपालमा कोरोनाभाइरसविरुद्धको खोप बुधबारबाट सुरु भएको छ । पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार प्रदेश १ मा १२५५, बागमतीमा २६९४, गण्डकीमा १८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १०८२ गरी ९,०८४ जनाले खोप लगाएका हुन् ।

बुधबार खोप अभियानको पहिलो दिनमा खोप लगाउने सबैमा मन्त्रालयले धन्यवाद भनेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत