वातावरण

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली, बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका केहि स्थानमा आंशिक बदली हुने तर अधिकांश स्थानमा माैसम सामान्यतया सफा हुने जनाएकाे छ ।

महाशाखाका अनुसार माघ १५ गते (बिहिबार) दिउसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका भू-भागहरुमा बिहानीपख हुस्सु्/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत