काेराेना अपडेटः ४३८२ पीसीआर परीक्षणबाट २८३ जनामा कोरोना पुष्टि, २४६ जना निको, ३ को मृत्यु
- गाउँ सहर संवाददाता
- १४ माघ बुधबार, २०७७ | १६:४३:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ४ हजार ३८२ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ५७ हजार ६९ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या ३ हजार २८६ छ भने क्वारेन्टाइनमा १२२ जना रहेका छन् ।
त्यसैगरी २४ घण्टामा २४६ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ३ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० छ ।
साथै काठमाडौं उपत्यकामा १४५ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा संक्रमित हुनेमा ४९ महिला र ६० जना पुरुष रहेका छन् । काठमाडौंमा १२२, ललितपुरमा १४ र भक्तपुरमा ९ जना कोरोना संक्रमित देखिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
प्रतिकृया दिनुहोस