अर्थतन्त्र

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एकसाथ दुईवटा बीमादावी बापतकाे रकम भुक्तानी

काठमाडाैं ।  सिटिजन लाइफ इन्स्योरेन्सले एकसाथ दुईवटा बीमादावी बापतकाे रकम भुक्तानी गरेकाे छ । 

सिटिजनकाे धरान शाखाले हतुवागढी गाउँपालिका होम्ताङ निवासी बीमित भीमकुमारी राइकाे श्रीमान नेत्रकुमार राइ र पार्वती राइको छोरा चासुम हाङ राइलाई क्रमश: २ लाख ३४ हजार र २ लाख १६ हजार रकम बराबरकाे चेक हस्तान्तरण गरिएकाे धरान शाखा प्रमुख खगेन्द्र तोलांगले जानकारी दिए ।

बुधबार सिटिजन लाइफ इन्स्योरेन्स एरिया ब्राञ्च मेनेजर रामबहादुर खत्री, धरान शाखा प्रमुख खगेन्द्र तोलांग लगायत कम्पनीका एजेन्सी म्यानेजरहरुको उपस्थितिमा उक्त चेक हस्तान्तरण गरिएको हो ।

बीमा वापतकाे रकम हस्तान्तरण कार्यक्रममा  एरिया ब्राञ्च मेनेजर रामबहादुर खत्रीले जीवन बीमाको महत्व र आवश्यकताको बिषयमा प्रष्ट पार्दै बीमाको सिद्धान्त तथा मर्मनुसार करार बमोजिम कम्पनीले दायित्व र जिम्मेवारी निर्वाह गर्ने बताए ।

धरान शाखा प्रमुख खगेन्द्र तोलांग बीमितहरूकाे कागजी प्रक्रिया पुग्नासाथ बीमा रकम सकेसम्म छिटाे उपलब्ध गराउने गरिएकाे बताए । पछिल्लाे समय थोरै रकम बचत गरेर परेको बेलामा जोखिम समेत बहन गर्न सक्ने हुँदा बिस्तारै ग्रामीण भेगमा पनि बीमा सम्बन्धि चेतना वृद्धि हुँदै गएकाे ताेलांगले बताए । 

उनले आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित रहेर भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता गरे ।

सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई फागुन २ गते वार्षिक साधारणसभापछि आइपिओ ल्याउने तयारी गरिरहेकाे छ । 

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ७५ करोड बराबरको ७५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएकाे छ । हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब रुपैयाँ छ ।

कम्पनीमा संस्थापक शेयरधनीबाट १ अर्ब ७५ करोड चुक्ता भइसकेको र सर्वसाधारणका लागि छुट्टाइएको ७५ करोडको शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत