भिडिओ

मेलिना राईको स्वरमा “धड्किरहन्छ मुटुभरी” सार्वजनिक (भिडिओसहित)

काठमाडौँ । चर्चित तथा सर्वाधिक ब्यस्त गायिका मेलिना राईको स्वरमा रहेको “धड्किरहन्छ मुटुभरी” बोलको गीतसँगै भिडियो सार्वजनिक भएको छ । गीतमा साहित्यकार कवि एबम पुर्ब सहरी मन्त्रालयका पुर्ब सचिव दिपेन्द्रनाथ शर्माको शब्द, कन्काइष्ट राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ ।

यस गीतको भिडियोमा नायिका वर्षा राउत र मोडल कुङसाङ बम्जनको अभिनय रहेको छ । त्यसैगरि भिडियोको छायाँकनमा बुद्व थापा, सम्पादनमा बिकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन । भिडियोमा जातिय माया–प्रेम दर्साईएको छ । एउटा दलित केटाले खान्दानी केटीलाई समाजबाट विवाह गरेर भगाएर लगेको देख्न सकिन्छ । गीत मर्मस्पर्शी रहेको छ । 

भिडियोमा एक अर्काले आफ्नो माया पाउन संघर्ष गरेर आफ्नो छुटै संसार बानाएका छन् । अझै पनि नेपाली समाजमा अन्तर जातिय मायाको विरोधीहरु प्रस्तै भेटिन्छन् । युवा पुस्ताको प्रेमभावलाई प्रस्तुत गरेर तयार गरिएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत