समाज

डेरामा बस्ने किशोरीमाथि बलात्कार गर्ने घरबेटी पक्राउ

कञ्चनपुर । डेरामा बस्ने किशोरीमाथि बलात्कार गर्ने घरबेटी पक्राउ परेका छन् ।  

भीमदत्त नगरपालिका वडा नम्बर ३ भाँसीका ४८ वर्षीय घरबेटी पुष्पराज जोशीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 

उनले आफ्नै घरमा डेरा गरी बसेकी १७ वर्षिया किशोरीलाई बलात्कार प्रयास गरेको आरोप छ ।

किशोरीले दिएको किटानी जाहेरीका आधारमा मंगलबार जोशीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन् ।

किशोरीको भाइ कोठामा नभएको बेला माघ १२ गते राती जोशीले किशोरीमाथि बलात्कार प्रयास गरेको किटानी जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

जोशीविरूद्ध अदालतबाट म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत