समाज

लागुऔषधसहित युवा पक्राउ

सुर्खेत । लागुऔषधसहित युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८५० मिलीग्राम लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका २५ वर्षीय युवा सरोज पन्त रहेका छन् । 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अन्तर्गत लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले पन्तलाई शङ्कास्पद तरिकाले वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले द्वारनजिकै गएराति हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।

घर्तीको शरीर खानतलासी गर्दा उनले लगाएको चेष्टगार्डको अगाडि खल्ती र साथमा भएको मोबाइल कभरभित्र लागुऔषध ब्राउन सुगरजस्तो प्लाष्टिकमा धुलो पदार्थ भेटियो”, प्रहरी नायब उपरीक्षक घर्तीले भने, “बरामद गरिएको लागुऔषध ब्राउन सुगर ८५० मिलीग्राम थियो ।

उनको साथमा लुकाइछिपाइ राखेको विभिन्न दरका नोट दुई लाख ४३ हजार ४० रुपैयाँ पनि बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत