समाज

युवक हत्या प्रकरणमा वडाध्यक्षसहित ३ जना पक्राउ

बझाङ । युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जना पक्राउ परेका छन् ।  बझाङमा मंगलबार भएको युवक हत्या प्रकरणमा वडाध्यक्षसहित  ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले खुँडा प्रहार गरि छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक खड्काले पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडीलाई पक्राउ गरिएको बताए ।

उनीहरुलाई थलारा गाउँपालिकाबाट पक्राउ गरिएको हो ।  सिंहको हत्या गरेको आरोपमा छबिसपाथिभेरा–२ का ज्ञानबहादुर कडायत भने मंगलबार नै पक्राउ परिसकेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत