समाज

यातायात कार्यालयमा अख्तियारको छापा, दुई जना घुस सहित पक्राउ

जनकपुरधाम । यातायात कार्यालयमा अख्तियारले छापा मार्दा दुई जना पक्राउ परेका छन् ।  यातायात व्यवस्था कार्यालय जनकपुरधाममा चालक अनुमति पत्रको कारोवार शुरु भएपछि आर्थिक चलखेल बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले छापामारी गरेर रकम सहित दुई जनालाई पक्राउँ गरेको जनाएको छ  ।

कार्यालय सकेपछि कर्मचारीहरु घुसको रकम मिलाउने बेलामा सूचनाको आधारमा गएराति १० बजेसम्म छापामारी गरेर एक जना कार्यालय सहयोगी र विचौलीया सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषा सहयोगले छापामारी गरेको अख्तियारले जनाएको छ । 

अख्तियारको टोलिले कार्यालयमा लुकाएर राखिएको झण्डै पौने २ लाख २३ हजार ८ सय तथा विचौलीयावाट ५० हजार रकम सहित पक्राउँ गरेपनि एक जना भाग्नमा सफल भएको अख्तियार दरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले जनाएको हो ।

अख्तियारको टोलीले सहयोगी भोगेन्द्र कापर र विचौलिया राजकिशोर भगतलाई नियन्त्रणमा लिएकोे जनाएको छ । कार्यालय सहयोगकी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट, दराज बाट २ लाख २३ हजार ८ सय रकम र दलाल भगतबाट ५० हजार घुस रकम बरामद गरेका थिए ।

विचौलिया भगतले आफु ट्याक्टरको लाइसेन्सको लागि कार्यालयका कम्प्युटर अपरेटर अनिल गिरीलाई ५० हजार घुससहित पास गरिदिने सेवाग्राहीको नामावली बोकेर पुगेको अख्तियारलाई बयानको क्रममा जनाएको छ । भगतले गिरीलाई उक्त रकम र नामावली दिन पुगेकै बेला अख्तियारको टोलिले भित्रैबाट घुस रकम सहित नियन्त्रणमा लिएको जनाएको छ ।

कार्यालयका कर्मचारी गिरी एकदशक भन्दा बढी समयदेखि यातायात कार्यालय जनकपुरमा घुस र कमिसनको आखाडा जमाएर बसेको गुनाशो आएपनि पहुच तथा रकमको बलमा सो कार्यालयमा वस्दै आएका छन् ।

फरार भएका गिरीले एकदशक यता यातायात कार्यालयमै घुस र भ्रष्टाचार गरी करोडौंको सम्पति आर्जन गरेको कार्यालयकै कर्मचारीहरुले गुनासो गर्दै आएका छन् । 
अख्तियारको टोलिले कार्यालय प्रमुख विरेन्द्र साहलाई नियन्त्रणमा लिएर खानतलासी गरेका थिए । घुसरकम, कागजात नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको र घुस लिनेमा संलग्न कर्मचारीहरुको खोजिकार्य जारी रहेको अख्तियारले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत