पोखरामा सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट सञ्चालनमा
- गाउँ सहर संवाददाता
- १३ माघ मंगलबार, २०७७ | २१:२५:०० मा प्रकाशित
पोखरा । पोखरामा ‘सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट’ सञ्चालनमा आएको छ ।
गुरुङ ब्युटी पार्लर एण्ड एकाडेमिक प्राली मार्फत् सौन्दर्यको क्षेत्रमा बेग्लै पहिचान बनाई सौन्दर्यपारखीको मन जित्दैआएकी सौन्दर्यविद् चिनु गुरुङले महेन्द्रपुलमा सो इन्स्टिच्युट संचालनमा ल्याएकी हुन् ।
सौन्दर्य क्षेत्रमा आफ्नो २५ वर्षको लामो अनुभवसँगै समयको मागलाई ध्यानमा राखी उनले करिब ३० लाख लगानीमा शाखा सञ्चालनमा ल्याएको बताइन् ।
सो शाखाको एक समारोहबीच अभिनेत्री आँचल शर्माले रिबन काटेर उद्घाटन गरिन् ।
व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गुरुङले विपन्न, घरेलु हिंसामा पीडित एवम् अपाङ्गता भएकाहरुलाई निःशुल्क र न्यूनतमा शुल्कमा तालिम प्रदान गरेर स्वरोजगार बन्न प्रेरित गर्दै आएकी छन् ।
शाखा उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नारायण कोइरालाले यो व्यवसायबाट पोखराले सौन्दर्य क्षेत्रमा फड्को मारेको बताए । उनले संघले इन्स्टिच्युटसँग मिलेर आगामी दिनमा सहकार्य गर्ने बताए ।
संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले पनि उद्यमीमहिलाहरुको लागि सुनौलो अवसर रहेको बताए ।
कार्यक्रममा मिस नेपाल–१९९७ नीलिमा गुरुङ, इभेन्ट्स फर युका म्यानेजिङ डाइरेक्टर विशाल गुरुङ, हस्तकला व्यवसायी रामकली खड्का लगायतको उपस्थिति थियो ।
विदेश अध्ययन गर्न जानेहरुमा पछिल्लो समय सौन्दर्य सीप दक्षताको माग भएकाले पनि इष्टिच्यूट खोलिएको संचालक गुरुङको भनाइ छ । पोखरा न्युरोडमा प्रधानकार्यालय रहेको एकेडेमीका अन्य ६ शाखाहरु संचालनमा छन् । जसमा ४६ जनाले रोजगार पाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस