बुधबारकाे माैसम यस्ताे छ, तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो
- गाउँ सहर संवाददाता
- १४ माघ बुधबार, २०७७ | ००:०१:०० मा प्रकाशित
काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशमा कुनै उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । हाल प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहेको छ साथै प्रदेश १ का तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
बुधबार दिउसो प्रदेश नं. १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ ।
राती प्रदेश नं. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भू-भागहरूमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागहरुमा बिहानीपख हुस्सु्/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस