अर्थतन्त्र

मंगलबार शेयर बजारमा ‘करेक्सन’

काठमाडाैं । मंगलबार शेयरबजारमा बिक्री चाप बढ्दा १७ अंकले घटेकाे छ । 

यसदिन नेप्से सूचक १७.७९ अंकले घटेर २४२३.०९ विन्दुमा बन्द भएको छ । 

२०७ कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ६३ हजार ८१८ पटक कारोबार आउँदा कारोबार रकम ८ अर्ब २७ करोड ९७ लाख बराबरको कारोबार भएको छ । 

यसदिन ४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

गुराँस लघु वित्तिय संस्था, प्रभु लाइफ इन्स्याेरेन्स, युनाइटेड फाइनान्स र एभरेष्ट इन्स्याेरेन्स प्रमाेटरकाे सबैभन्दा धेरै मूल्य बढेकाे छ भने शिवश्री हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।

यस दिन कारोबार आएका २०७ कम्पनीमध्ये ४० कम्पनीको मात्रै मूल्य बढेको छ भने ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ ।

मंगलबार नेपाल लाइफ इन्स्योरेन्सको मात्रै एक अर्ब ४५ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत