समाज

मिनिबस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

चितवन। मिनिबस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगरस्थित हरिहर मन्दिर अगाडि मिनिबस र मोटरुसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

पूर्वतिरबाट आइरहेको बा २ ख ५६७४ नंम्बरको मिनिबस र पश्चिमबाट पूर्वतिर गइरहेको बा ९२ प ५२०४ नंम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक २ जनाको नाम खुलिनसकेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । बिहान करिब ९ बजेतिर दुर्घटना भएको थियो। 

दुर्घटनामा घाइते भएका २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत