कला

अभिनेत्री जयश्री रमैयाको शव झुण्डिएको अवस्थामा फेला

एजेन्सी । कन्नड अभिनेत्री जयश्री रमैयाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । सोमबार उनको शव भेटिएको हो । बिग बोस कन्नडकी पूर्व सहभागी समेत रहेकी जयश्रीले आत्महत्या गरेको आशंका गरिएको छ । 

उनी बैंगलोरस्थित एक वृद्धाश्रममा बस्दै आएकी थिइन् । उनको शवलाई पोस्टमार्टमको लागि नीलमंगला अस्पताल पठाइएको एजेन्सीले जनाएको छ । पुलिसले प्रारम्भिक जाँचपछि उनले आत्महत्या गरेको हुन सक्ने बताएको छ ।

उनी लामो समयदेखि डिप्रेसनको शिकार थिइन् र उनको बैंगलोरमा उपचार भइरहेको थियो । उनले २०२० मा फेसबुकमा पोस्ट गर्दै आफूले मानसिक रुपमा ठिक महसुस नगरेको बताएकी थिइन् । 

यसअघि जयश्रीले  पटक पटक सामाजिक संजालमार्फत आफू डिप्रेसनको शिकार भएको र मर्न चाहेको बताउँदै आएकी थिइन् ।  

गाउँ सहर डेस्क

तपाईँको मत