खेल

विमान दुर्घटना हुँदा फुटबल क्लबका अध्यक्ष सहित ४ खेलाडीको मृत्यु

एजेन्सी । विमान दुर्घटना हुँदा फुटबल क्लबका अध्यक्ष सहित चार खेलाडीको मृत्यु भएको छ । ब्राजीलमा एक स्थानीय प्रतियोगितामा सहभागिता जनाउन चार्टर गरिएको विमान दुर्घटना भएको हो । दुर्घटना हुँदा विमानमा सवार पलमास फुटबल क्लबका अध्यक्ष लुकास मैरा सहित अन्य चार खेलाडीहरुको मृत्यु भएको छ ।

दुर्घटनामा विमान पाईलट सहित सवार सबैको मत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । विमानमा फुटबल खेलाडीहरु लुकास प्रक्सेडेस, गुलहेर्मी नोई, रानुले र मार्कस मोलिनारी रहेका थिए ।

क्लबका अनुसार विमानले उत्तरी शहर पलमास नजिकै टोकेन्टिनेस एयरफील्डबाट उडान भरेको थियो । टेक अफ लगत्तै विमान हावामा घुम्दै जमीनमा खसेको थियो ।

ब्राजीलमा घरेलु फुटबल प्रतियोगिता कोपा वेर्दे आयोजना भईरहेको छ । पलमास टोलीले उक्त प्रतियोगिता अन्तर्गत सोमवार विला नोवा विरुद्व खेल्नुपर्ने तालिका तय भएको थियो । खेल हुने स्थान दुर्घटना स्थलबाट करिब ८०० किलोमिटर टाढा पर्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत