खेल

पोखरामा ए डिभिजन फुटसल लिग हुने

काठमाडौं । पोखरामा ए डिभिजन फुटसल लिग हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन फुटसल लिग आगामी वर्षको बैशाख र जेठमा पोखरामा आयोजना गर्ने भएको छ । लिगमा कुल १० टोलिहरु सहभागी हुने एन्फाले जनाएको छ । प्रतियोगिता बैशाख २५ गतेदेखि जेठ १५ गतेसम्म  हुनेछ । एन्फाले लिगमा प्रदेश एक, गण्डकी, प्रदेश २, लुम्बिनि, सुदूरपश्चिम र कर्णालीबाट एक एक गरी ६ टोलि र बागमती प्रदेशबाट ४ गरी कुल १० टोलि सहभागी हुने जनाएको छ ।

प्रदेश १ को छनोट खेल चैत्त १ देखि पाँच गतेसम्म इटहरीमा हुनेछ । प्रदेश २ को छनोट खेल हेटौंडामा चैत्त ८ देखि १२ गतेसम्म हुने भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको छनोट खेल चैत्त १९ देखि २३ गतेसम्म दाङमा हुनेछ । बागमतीको चार टोलिको छनोट खेल काठमाडौँमा चैत्त २५ गतेदेखि ३० गतेसम्म हुने निर्धारण गरिएको छ । 

गण्डकी प्रदेशको छनोट खेल बैशाख ३ —७ गतेसम्म पोखरामा सञ्चालन हुनेछ । एन्फाबाट जिल्ला फुटबल संघ र राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध ए, बी र सी डिभिजन क्लबलाई फुटसल प्रतियोगिता तयारीका लागि १—१ लाख सहयोग पाउनेछन् । 

प्रतियोगिताका विजेताले १० लाख रुपियाँ र उपविजेताले ५ लाख रुपियाँबाट पुरस्कृत गरिने भएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र इमर्जिङग खेलाडीले २५—२५ हजार रुपियाँ प्राप्त गर्ने एन्फाले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत