राजनीति

सरकार निर्लज्ज रुपमा प्रस्तुत - नेता पाैडेल

काठमाडाैँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको  बताएका छन् ।

उनले मंगलबार फेसबुकमार्फत साे कुरा बताएका हुन् । 

उनले भनेका छन, "प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ । हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरि बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ ।

सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरि दमनमा उत्रने गर्दछन्, जसरी सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भयो । तर, दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ र अझै प्रतिमनसंग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ ।

लोकतन्त्र र लोकतान्त्रीक संविधानको रक्षाका लागि हुने आन्दोलनमा म आफैं अघिल्लो मोर्चामा हुनेछु ।"

गाउँ सहर संवाददाता

तपाईँको मत