भिडिओ

गायक प्रविन वेडवालको 'थोरै खुशी' म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक प्रविन वेडवाल र नवगायिका रंगिला बटालाको स्वरमा रहेको 'थोरै खुशी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा शब्द गीतकार गोपाल लोहारको छ उनी अमेरिकाको ओहायो राज्यमा बसेर नेपाली सुगम संगीतमा योगदान पुर्‍याइरहेका छन् । गीतलाई बसन्त सापकोटाले संगीतवद्द गरेका हुन् भने विशम आचार्यले संगीत संयोजन गरेका छन् । 

जीवन भोगाइको यथार्थलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा  कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धी निरौलाको अभिनय रहेको छ ।

 उक्त भिडियोलाई श्याम तामाङले छायांकन गरेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् ।

भिडियो काजी लिम्बु र श्याम लामाको निर्देशनमा तयार पारिएको हो।

गाउँ सहर डेस्क

तपाईँको मत