समाज

 भिभोर होटलमा २७ बर्षीय युवकको रहस्यमय मृत्यु

काठमाडौँ । धुम्बाराही स्थित भिभोर होटलमा २७ बर्षीय पुरुषको रहस्यमय मृत्यु भएको छ ।

सोमबार बिहान घरबाट निस्केका युवक एक युवतीसँगै धुम्बाराहीमा अबस्थित भिभोर होटेलमा गएका थिए । होटेलमा निकैबेरसम्म पनि सम्पर्कमा नआएपछि ढोका खोल्नुस् भन्दा उनीसँगै रहेकी युवतीले निज युवकको मृत्यु भएको भनेपछि होटलले प्रहरीलाई खबर गरेको होटेलका एक अधिकारीले बताएका छन् । 

युवकको मृत्यु भएपछि उक्त क्षेत्रमा ठुलो संख्यामा मृतकका आफन्तहरुको भीड लागेको थियो । होटलवालाकै मिलेमतोमा मृत्यु भएको हुन सक्ने भनेर आफन्तहरुले केहीबेर होटेल घेराउ समेत गरेका थिए ।

मृतकको शरीर पोष्टमार्टमका लागि लगिएको छ भने,  युवती पुलिस हिरासतमा रहेकी छन् ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  

गाउँ सहर डेस्क

तपाईँको मत