समाज

सुनखानीमा फसेका ९ कामदार मृत फेला

एजेन्सी । चीनको सुनखानीमा फसेका ९ कामदार मृत अवस्थामा फेला परेका छन् । दुई हप्तासम्म खानीको सुरुङ्गमा फसेका ११ कामदारलाई जीवितै उद्धार गरिए पनि अरु ९ जना भने मृत भेटिएका हुन्।

शाङ्डोङ्ग प्रान्तको सुनखानीमा खानी मजदुर दुई हप्ता पहिले फसेका थिए ।

फसेका मध्ये ११ जनालाई झण्डै दुई हप्तापछि जीवितै उद्धार गरिएको थियो। तर ९ जनाको भने शव भेटिएको चिनियाँ टेलिभिजन सिसिटिभीले जनाएको छ। एकजना अझै बेपत्ता छन् ।

जीवितै उद्धार गरिएका एकजनाको गएको हप्ता उपचारको क्रममा निधन भएको थियो ।

सुरुङ्गको प्रवेशद्वार भत्किँदा गएको जनवरी १० मा हुशान खानीमा मजदुर फसेका थिए ।

आइतबार ११ जनालाई जीवितै उद्धार गरिएको एजेन्सीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत