समाज

गाँजासहित तीनजना पक्राउ

सिरहा । गाँजासहित तीनजना पक्राउ परेका छन् ।  प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिर्चैया–८ निवासी १८ वर्षीय दीपेन्द्र राय, धनुषाको कमला नगरपालिका–८ निवासी ३३ वर्षीय सञ्जीव मण्डल र ३३ वर्षीय शम्भु यादव रहेका छन् । 

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले करिब २५ किलो गाँजासहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 

मिर्चैया–९ स्थित रणबहादुर श्रेष्ठको घरमा गाँजाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लुकाइछिपाई राखिएको गाँजासहित तीनैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिएका छन् ।

सोही क्रममा प्रहरीले स ६ प ३८६५ नम्बरको डिस्कोभर मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र फरार रहेका रणबहादुर श्रेष्ठको खानतलासी भइरहेको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत