विश्व

६ महिनापछि डब्लूएचओमा पुनः समावेश भयो अमेरिका, बाइडनको यो फैसलाले के परिवर्तन होला ?

अमेरिका ६ महिनापछि पुन डब्लूएचओको हिस्सा बनेको छ । नयाँ राष्ट्रपति जो बाइडनले ट्रम्प फैसलालाई उल्ट्याइदिएका छन् । ट्रम्पले डब्लूएचओलाई कोरोनासँग लड्न बेकामे बताएका थिए । ६ जुलाई २०२० मा डब्लूएचओबाट अलग हुने निर्णय उनले गरेका थिए ।

बाइडनको यो फैसलाले डब्लूएचओलाई अत्यन्तै फाइदा मिल्नेछ । साथै जनशक्तिको सहयोग पनि मिल्नेछ । डब्लूएचओलाई समर्थन गर्दै बाइडनले आफ्ना स्वास्थ्य सल्लाहकार फाउसी एन्थोनीलाई पठाएका थिए । अहिले विश्वमा बाइडनको फैसलाई लिएर डब्लूएचओमा परिवर्तन होला भनेर चर्चा चुलिएको छ ।

बाइडनका स्वास्थ्य सल्लाहकार एन्थोनीले डब्लूएचओका बोर्ड मेम्बर्ससँग भने, अमेरिका पुनः स्वास्थ्य क्षेत्रमा डब्लूएचओसँग काम गर्न चाहन्छ । उनले संस्थालाई फन्डिंग दिने पनि घोषणा गरेका छन् । 

बैठकमा उनले डब्लूएचओमा केहि परिवर्तनको इच्छा रहेको बताए । यो जरुरी परिवर्तन के हुनेछ, अहिले यो कुरा बाहिर आएको भने छैन । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत