समाज

लेखनाथ उद्योग वाणिज्य संघको शान्ति सुरक्षा विषयक छलफल

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले शान्ति सुरक्षा विषयक छलफल सम्पन्न गरेको छ । ईलाका प्रहरी कार्यालय डाँडाकोनाकमा सरुवा भई आएका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीको स्वागत गर्दै छलफल सम्पन्न भएको हो ।

 छलफल कार्यक्रममा बोल्दैे प्रहरी नायब उपरीक्षक मरासैनीले शान्ति सुरक्षा बिना कुनै पनि किसिमका आर्थिक क्रियाकलाप अगाडि बढ्न नसक्ने बताए ।

लेखनाथ क्षेत्रको शान्ति सुरक्षामा कुनै किसिमको कमी आउन नदिने विश्वास ब्यक्त गर्दै डिएपी मरासिनीले बर्दी लगाएका सुरक्षा निकाय र बर्दी बिनाका जनताकाबीच हातेमालो गर्दै नियम र कानुनको परिधिभित्र रहेर स्थानीयहरुलाई विना झन्झट सेवा प्रदान गर्ने प्रयास गर्ने र सम्पूर्ण स्थानीय संघ संस्था र नागरिकहरुको साथको अपेक्षा गरेका थिए ।

सोही अवसरमा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बावुराम गिरीले आर्थिक लगानीको क्षेत्रमा शान्ति सुरक्षाको महत्वपूर्ण भूमिका रहने भएकाले शान्ति सुरक्षामा खलल पुर्याउने तत्वबाट होसियार रहन आग्रह गरे ।  

संघका अध्यक्ष बलराम ढकालले यस क्षेत्रको शान्ति सुरक्षाको अवस्था र संघले समय समयमा सरकारी निकाय ल्याउनका लागि गरेको लविङका बारेमा जानकारी गराएका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत