स्वास्थ्य

काेराेना अपडेटः काेराेनाले थप १० जनाकाे मृत्यु, ४०१ जना निकाे, ३३९ जना संक्रमित थपिए

काठमाडौं । कोरोना संक्रमणका पछिल्लो २४ घण्टामा मुलुकभर कारण १० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा २ हजार ११ जना पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर गरिएका ४ हजार ८ सय ५८ मध्ये ३ सय ३९ जनाको नतिजा पोजेटिभ आएको छ । 

नेपालमा सोमबारसम्म जम्मा संक्रमितको संख्या २ लाख ६९ हजार  ७ सय ८९ जना पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय १ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ । 

हालसम्म क्वारेन्टिनमा १ सय ३२ जना छन् भने ३ हजार  २ सय ४० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत