खेल

नेपाल पुलिस सेमीफाइनलमा, लुम्बिनि खेलबाट बाहिरियो

काठमाडौँ । नेपाल पुलिस सेमीफाइनलमा पुगेको छ । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा स्थान पक्का गरेको हो । लिग चरणको अन्तिम खेलमा  प्रदेश २ लाई चार विकेटले हराउँदै समूह बीबाट सेमीफाइनल पुग्ने दोस्रो टोलि बनेको छ । लुम्बिनि र बागमतीबीचको खेल ‘टाइ’ हुँदा अङ्क बाँडिएपछि बागमती सेमीफाइनलमा यसअघि नै स्थान सुनिश्चित गरेको छ ।

बागमतीको सात अङ्क छ । लुम्बिनिले चार खेलबाट पाँच अङ्क बटुलेको छ । उसले दुई खेलमा जित, एउटामा हार र एउटा टाइ खेलेर पाँच अङ्क बटुलेको थियो ।

नेपाल पुलिसले चार खेलबाट तीनमा जित हात पार्दै ६ अङ्क बटुलेर समूह उपविजेता बन्दै सेमीफाइनलमा पुगेको हो ।

प्रदेश २ ले प्रस्तुत गरेको १७० रनको लक्ष्य नेपाल पुलिसले खेल सकिन ९ ओभर बाँकी छँदा मात्र ६ विकेटको क्षतिमा पुरा गर्यो । नेपाल पुलिसको जितमा मध्यक्रमका ब्याट्सम्यान अनिल साहले  ४७ रन बनाए ।

गाउँ सहर डेस्क

तपाईँको मत