समाज

लुटपाट गर्ने एक युवक पक्राउ

काठमाडौँ । लुटपाट गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे मिर्चे गाउँपालिका ७ खानिखोला घर भई ललितपुर सातदोबाटो बस्ने २३ वर्षीय सूर्य बलोन रहेका छन् । 

उनलाई नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने २५ वर्षीय साजन तामाङको बा ६० प ७९१० नम्बरको स्कुटर र करिब ४८ हजार रुपैयाँ बराबरको सुनको औंठी लुटपाट गरेको अभियोगमा आइतबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ । 

काम गरी घर फर्किने क्रममा नागार्जुन नगरपालिका ६ डाँडापौवास्थित सडकमा बा.२ ज २०५० नम्बरको ट्‍याक्सीमा सवार अपरिचित ३—४ जना ब्यक्तिहरुले साजनको स्कुटर र औंठी लुटी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले ट्याक्सीका चालक सूर्य बलोनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत