गाउँ सहर

स्थानीय तहका लागि १४९ जना अधिकृतस्तरमा दरखास्त आह्वान

काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले अधिकृतस्तरमा १४९ जना कर्मचारीको दरखास्त आह्वान गरेको छ ।

आयोगले बागमती प्रदेश अन्र्तगतका १३ जिल्लामा रहेका स्थानीय तहहरुका लागि लक्षित गर्दै १४९ जना कर्मचारी माग गरेको हो ।

आयोगले रिक्त रहेका छैठौँ तहका पदहरुका लागि खुला तथा प्रतियोगितात्मक परिक्षाद्धारा अप्राविधिक तर्फ ६७ जना र प्राविधिक तर्फ ८२ जना गरि जम्मा १४९ जनाका लागि रोजगारी खुलाएको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरुले अनलाइन मार्फत फागुन २ गते सम्म आवेदन दिनु पर्नेछ । साथै दोब्बर दस्तुर तिरेर फागुन ३ गतेदेखि फागुन १० गतेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार आवेदकको उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तथा महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । 

गाउँ सहर डेस्क

तपाईँको मत