अम्बानीको सम्पत्ति ३५ प्रतिशतले बढ्दा, १ लाख ७० हजार बेरोजगार
- गाउँ सहर डेस्क
- १२ माघ सोमबार, २०७७ | १४:४८:०० मा प्रकाशित
एजेन्सी । एक साधारण कामदारले भारतीय अर्बपति मुकेश अम्बानीले एक घण्टामा कमाउने बराबरको कमाईका लागि झण्डै १० हजार वर्ष लाग्ने एक अध्ययनले देखाएको छ ।
अध्ययन विवरण अनुसार कोरोना महामारीका कारण रिलायन्स इन्डस्ट्रिजका प्रमुख आम्बनीले जति पैसा १ घण्टामा कमाउँछन् त्यत्ति नै पैसा एक दक्ष कामदारले कमाउन १० हजार वर्ष बराबरको समय लाग्ने देखिएको छ ।
उनले जति पैसा १ सेकेण्डमा कमाए, त्यत्ति पैसा कमाउन कामदारलाई ३ वर्ष लाग्ने देखिन्छ । आम्बानीको साथमा भारतमा १०० अर्बपतिको सम्पत्ति सन् २०२० को मार्चको छुलतामा १३ लाख करोड भारुले वृद्धि भएको छ । उक्त पैसा भारतका १४ करोड गरिब नागरिकका लागि वितरण गर्ने हो भने एक जनाको भागमा मात्रै ९४ हजार ४५ भारु बराबर हुन्छ ।
कोरोनासमयमा मात्रै भारतका सबैभन्दा बढी धनी व्यक्तिको सम्पत्ति ३५ प्रतिशतले वृद्धि भएको छ । अप्रिलमा हरेक घण्टा १ लाख ७० हजार नागरिकले रोजगारी गुमाएका थिए ।
कोरोना समयमा नै संसारका १ हजार अर्बपतिले मात्रै ३.९ ट्रिलियन डलर बराबरको सम्पत्ति कमाएका थिए ।
अक्सफर्मको विवरण अनुसार कोरोनाकालमा भारत तथा संसारभर नै असमानता बढाइदिएको छ । द इन्इक्विलिटी वायरस नाम दिइएको उक्त रिपोर्ट हालैमात्र सार्वजनिक भएको हो ।
महामारीले १ घण्टामा मात्रै १ लाख ७० हजारको रोजगारी गुम्दा अर्बपतिले भने हरेक सेकेण्डमा नै सम्पत्ति थप गरिरहेका थिए ।
विवरण अनुसार कोरोनाका कारण १२ करोड २ लाख कर्मचारीले रोजगारी गुमाएका थिए । त्यसमा ७५ प्रतिशत बढी कामदार अर्थात ९ करोड २ लामा मनिस भने असंगठित क्षेत्रका थिए । त्यसका अलावा भोकमरी, आत्महत्या, थकावट, सडक तथा रेल दुर्घटना, पुलिसको क्रुरता तथा समयै स्वास्थ्योपचार समेत नपाएको अवस्था छ । उपचार नपाउँदा ३०० बढी असंगठित क्षेत्रका कामदारको मृत्यु भएको छ ।
सन् २०२० मा फोबर्सको सूचीमा संसारका धनीहरुको सूची सार्वजनिक भयो । भारतीय अर्बपतिले सन् २००९ को तुलतामा ९० प्रतिशत बढीले आम्दानी बढाए । सन् २०२० मा भने ३५ प्रतिशत बढीले कमाए । त्यो भनेको कूल ४२२.९ बिलियन बराबर हुन गयो । त्यसमा अमेरिका, चीन, जर्मनी, रुस र फ्रान्सका अलावा भारत समेत सहभागी छ ।
कोरोनाका कारण थप ५० करोड बढी मानिस गरिबीको रेखामुनी पुगेको अध्ययनले देखाएको छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस