स्वास्थ्य

तपाईं धेरै समय बसेर काम गर्नुहुन्छ भने सावधान, लामो बसाईले ब्लड सुगर बढ्ने खतरा

काठमाडौँ । यदि तपाईं आधाभन्दा बढी समय सिटमा बसेर बिताउनु हुन्छ भने एलर्ट हुनुहोला ।

वैज्ञानिक भन्छन्— यसले ब्लड सुगर बढ्ने खतरा बढी हुन्छ । यस्तो बानीले इन्सुलिनमा पनि नराम्रो असर पार्दछ ।

हार्वर्ड मेडिकल स्कूलका डा. हिचम स्काली भन्छिन्— जब शरीरमा मूभमेन्ट हुँदैन भने मांसपेशीले ग्लूकोजको उपयोग गर्दैन । यस्तो अवस्थामा ब्लड सुगर बढ्ने खतरा बढ्दछ । बडीमा मूभमेन्ट नहुँदा जिन्सपनि प्रभावित हुन्छ, यसकारण हरेक ३० देखि ४५ मिनेट अवश्य हिँड्नुहोस् ।

अध्ययन भन्छ— भलै तपाईं दैनिक ३० मिनेटसम्म साइकिलिङ्ग, वाक र स्वीमिङ्ग जस्ता एक्सरसाइज गर्नुहुन्छ भनेपनि तपाईंले थोरै-थोरै समयमा केहि मिनेट उभिएर मूभमेन्ट गर्नु जरुरी हुन्छ ।

क्यानडा यूनिभर्सिटी डे मन्कटनकी एसोसिएट प्रोफेसर नेन्सी ब्लेक भन्छिन्— जब ग्रेभिटीले तपाईंको स्पाइनलाई खराब गर्दछ भने डिस्कबाट तरल बाहिर निस्कन्छ । तर केवल २० देखि ३० सेकेण्डसम्म यताउता गर्नाले डिस्कमा पुनः जाम हुने गर्दछ । जसले सबैकुरा सामान्य बनाउँदछ । डाक्टर ब्लेक हरेक ४० मिनेटमा हिँड्न र सानो ब्रेक लिन सल्लाह दिन्छिन् ।

हामीले एउटा कुरा ध्यान दिनु पर्दछ कि कामको कारण भइरहेको मस्कुलोस्केलेटल चोट विस्तारै विस्तारै बढ्दछ । यस्तो अवस्थामा तपाईं लगातार ब्रेक लिएर मूभमेन्ट गर्नुहुन्छ भने यसले फाइदा पुग्नेछ । बडीमा मूभमेन्टको लागि तीन तरिकाको स्ट्रेच गर्दा तपाईंको गर्दन, हात र पिठ्यूँको दुखाइमा सुधार आउँछ । यसको अलवा हरेक ४५ मिनेटमा एकपटक अवश्य हिँड्नुहोस् ।

कामको दौरानमा हातको एक्सरसाइज गर्नुहोस्, औँलाको एक्सरसाइज गर्नुहोस् । काँध तन्काउनुहोस्, र तीन चारपटक दोहोर्याउनुहोस् । लामो श्वास लिएर विस्तारै छाड्नुहोस् । जसले तपाईंलाई रिफ्रेस गराउँछ भने शरीरको दुखाईसँगै ब्लड सुगरलाई पनि नियन्त्रणमा राख्दछ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत