समाज

सामुहिक बलात्कार गर्ने प्रहरी जवानसहित २ जना पक्राउ

रुपन्देही । सामुहिक बलात्कार गर्ने प्रहरी जवानसहित २ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिकामा सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित दुई जना पक्राउ परेका हुन् । घट्नाका बारेमा चारजना विरुद्ध जाहेरी परेको थियो ।

पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिएका छन् ।

गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामूहिक बलात्कार भएको थियो । अर्को एक जनाको नग्न फोटो खिचेका थिए  । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत