खेल

बाँकेको खजुरामा भलिबल प्रतियोगिता हुने

बाँके । बाँकेको खजुरामा यही माघको २२–२४ सम्म योगिनी कप अन्तर क्लब पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । योगिनी युवा क्लब र रङ्गशाला नेपाल मिडिया प्रालीद्वारा संयुक्तरुपमा आयोजना हुने सो प्रतियोगितामा न्यू एभरेष्ट डिस्लरी प्रालीले सह–प्रायोजन गर्ने भएको छ ।

क्लबका अध्यक्ष तरिन्द्र थापा र सो प्रालिका अध्यक्ष रविन्द्रमान श्रेष्ठबीच आइतबार नेपालगञ्जमा सह–प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।

प्रतिभावान् खेलाडी उत्पादन गर्दै आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागेको मिडिया प्रालीका अध्यक्ष कमल खत्रीले जानकारी दिएका छन् ।

खजुरा गाउँपालिका–२ गौघाटमा आयोजना हुने प्रतियोगितामा स्थानीय १२ क्लबले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेतालाई २१ हजार र उपविजेतालाई १० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैगरी विधागतरुपमा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने आयोजक टीमले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत