अर्थतन्त्र

ओरालोतर्फ सुनको मूल्य, सोमबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा २ सयले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९१ हजार ९ सय रुपैयाँ‍ रहेको छ ।

आज चाँदीको मूल्य भने यथावत् रहेको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत