राजनीति

नेकपा दाहाल-नेपाल समूहकाे १३-२८ गतेसम्मकाे आन्दोलनका कार्यक्रम सार्वजनिक

फाइल : तस्बिर

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार माघ १३ गते काठमाडौंमा सिठ्ठी जुलुस, माघ १४ गतेदेखि २१ सम्म माइतीघर मण्डलामा संविधानसभा सदस्य, विघटित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यसहित धर्ना कार्यक्रम, माघ १६ गते जुलुससहित श्रद्धाञ्जली कार्यक्रम रहेका छन् ।

यस्तै माघ १५ गते बुटवल, माघ १६ गते विराटनगर र माघ १७ गते धनगढीमा विरोध प्रदर्शन र सभाको कार्यक्रम घोषणा गरिएको छ । त्यस्तै दाहाल-नेपाल नेतृत्वको नेकपाले माघ २८ गते काठमाडौंमा पुन: प्रदर्शन गर्ने भएको छ । यस पटकको प्रदर्शन गत माघ ९ गतेको भन्दा ठूलो हुने दाबी पार्टीले गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत